दफा ७
महसुल नलाग्ने
(१) कुनै पैठारीकर्ताले आफूले पैठारी गरेको मालवस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी भन्सार कार्यालयमै छाड्न निवेदन दिएमा त्यस्तो मालवस्तुमा महसुल लाग्ने छैन ।
(२) उपदफा (१) बमोजिम छाडिएको मालवस्तु जफत भएको मानिनेछ । त्यस्तो मालवस्तु नेपाल सरकारले आफै प्रयोग गर्न वा यस ऐन बमोजिम भन्सार अधिकृतले लिलाम बिक्री गर्न सक्नेछ ।
तर त्यस्तो मालवस्तु प्रयोगमा आउन नसक्ने वा लिलाम बिक्री समेत हुन नसक्ने अवस्थाको रहेछ भने भन्सार अधिकृतले भन्सार कार्यालयबाट तोकिए बमोजिम हटाउन वा नष्ट गर्न सक्नेछ र त्यसरी हटाउन वा नष्ट गर्न लाग्ने खर्च सम्बन्धित पैठारीकर्ताबाट असुल उपर गरिनेछ ।
(३) कुनै मालवस्तु चलान गर्दा कम भएको, बाटोमा दुर्घटना वा विपद्मा परी टुटफुट भई व्यापारिक रूपमा मूल्यहीन भएको वा परिमाण वा तौलमा कमी भएको वा चोरी भई परिमाण कम हुन गएमा तोकिएको प्रमाणसहित तोकिएको प्रक्रिया पूरा गरी तोकिएको समय अवधिभित्र पैठारीकर्ताले निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो क्षति वा घटी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएका मालवस्तुको तोकिए बमोजिम महसुल छुट दिन वा असूल भइसकेको भए फिर्ता दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम नोक्सानी भएको परिमाणको मालवस्तु जुन उद्देश्यका लागि पैठारी भएको हो सो उद्देश्य पूरा नहुने तर रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने अवस्थाको भएमा भन्सार अधिकृतले सोही रूपमा त्यस्तो मालवस्तुको भन्सार मूल्य कायम गरी लाग्ने महसुल असुल गर्न सक्नेछ ।